शनिबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रहने मौषमविदले जनाएका छन् । शनिबार दिउँसो पश्चिमका एक, दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा र पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राती पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
त्यस्तै आइतबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान र मध्य र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।
सोमबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने सोमबार बिहानको समयमा पश्चिमका एक दुइ स्थानमा भारि बर्षाको पनि सम्भाबना रहेको विभागले जनाएको छ ।





























प्रतिक्रिया