काठमाडाैं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले देशको संविधान र नेपाललाई जोगाउनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन्।
उनले हालैका घटनाक्रमलाई लक्षित गर्दै देशमा भएका धेरै महत्वपूर्ण संरचनाहरू जस्तै संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय र निवास, प्रधानमन्त्री कार्यालय र निवास लगायत जलेको उल्लेख गर्दै अब नेपाल र यसको संविधान नजलोस् भन्नेमा चिन्ता व्यक्त गरे ।
उनले भने, “संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्।”
उनको यो भनाइले देशमा बढ्दो राजनीतिक अस्थिरता र द्वन्द्वले राष्ट्रिय संरचना र प्रणालीमा पारेको नकारात्मक प्रभावलाई उजागर गरेको छ ।































प्रतिक्रिया