काठमाडौं । जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि ज्यान गुमाएका चार युवाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो ।
जेन्जी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ। प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ।
हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको छ ।





























प्रतिक्रिया