आफू जलेर पनि ग्राहकलाई सेवा दिइरहेको एनसेल [भिडियो]

आफू जलेर पनि ग्राहकलाई सेवा दिइरहेको एनसेल [भिडियो]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । एनसेल निजी क्षेत्रको स्वामित्व रहेको नेपालकै अग्रणी दूरसञ्चार कम्पनी हो । अहिले पनि करोडौं सेवाग्राहीले एनसेलकै सेवा लिएका छन्, कसरी हुन्छ ग्राहकलाई उत्कृष्ट सेवा दिएर सन्तुष्ट पार्न सकिन्छ भनेर एनसेल पनि अहाेरात्र खटिरहेको छ । तर यही एनसेलको लैनचौरस्थित कर्पोेरेट टावर भने जेनजी आन्दोलनका क्रममा निशाना बनेको छ ।

सोमबार जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकैदिन १९ जनाको ज्यान गएपछि आक्रोशित भएका प्रदर्शनकारीहरू मंगलबारदेखि सडकमा उत्रिएका थिए। सो क्रममा उनीहरुले एनसेलको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने लुटपाटसमेत मच्चिएको छ । यसबाट ग्राहक सेवामा नीहित एनसेल टावर एकाएक खण्डहर बनेको छ । त्यसबाट कति नोक्सानी पुग्यो अझै यकिन हुन सकेको छैन ।

एनसेलले विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको जनाएको छ । तर पनि एनसेलले सेवा अवरुद्ध हुन भने दिएन । बरु उल्टै आफ्ना ग्राहकलाई मंगलबारदेखि शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा सेवा उपलब्ध गराएको थियो । एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो,’ आम उपभोक्तालाई परिवर्तन र संकटको समयमा देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्नु हाम्रो प्राथमिकता हो ।’

एनसेल देशकै एक सबैभन्दा ठूला करदातामध्ये एक हो । स्थापनाकालदेखि हालसम्म सरकारलाई कर तथा गैरकर गरी ३ खर्ब बढी कर तिरिसकेको छ भने हजारौंलाई रोजगारीका साथै करोडौंलाई सेवा दिइरहेको छ ।

Logo