सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री, ९ बजे शपथ ग्रहण

सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री, ९ बजे शपथ ग्रहण

केन्द्रबिन्दु
156
Shares

काठमाडौँ । शीतल निवासमा लगातारको छलफल र तानातानवीच अन्ततः निर्दलीय सरकार गठन र प्रतिनिधि सभा विघटनको सहमति जुटेको छ । अबको झण्डै एक घण्टापछि जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने तय भएको छ भने लगत्तै गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गरी पहिलो निर्णयका रूपमा प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने पुरक सहमति पनि छ । मन्त्रिमण्डलमा रहने अन्य पात्रहरुवारे विवरण आउन बाँकी छ । कर्फ्युवीच बिशिस्ट श्रेणीका कर्मचारीहरु, सुरक्षा अङ्गका प्रमुखहरुलाई शीतल निवास र नयाँ प्रधानमन्त्री कार्यालयमा हाजिर हुन उर्दी जारी गरिसकिएको छ ।

Logo