अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्दै युक्रेन सङ्कट समाधानमा चुनौती र दुवै पक्षको सहयोगको आवश्यकतालाई जोड दिएका छन् ।
फक्स न्यूजमा फक्स एन्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पलाई पुटिनसँगको धैर्यता समाप्त भएको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, “यो एक प्रकारको दौडपछि अर्को दौड जस्तो भइरहेको छ । सहमतिका लागि भन्दै प्रयासहरू भइरहेका छन् । तर ट्याङ्ंगो (एक प्रकारको नाच) जस्तै यो प्रक्रियालाई घुमाइराखिएको छ । पुटिनले सहमति गर्न चाहँदा जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने भइरहेको छ । यसरी हुँदैन अब हामी धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्छ ।”
उनले पोल्याण्ड नजिकै रूसी ड्रोन आक्रमणका गतिविधिको बारेमा देखाइएका चिन्तालाई पनि सम्बोधन गर्दै भने, “तिनीहरू वास्तवमै खसालिएका थिए । अहिले रूसी सेना नेपोल्याण्डको नजिक हुनु हुँदैन।”
यसअघि बिहीबार अमेरिकी राष्ट्रपतिले ड्रोनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए र यस क्षेत्रमा संयम र समन्वयात्मक कारबाहीको लागि वाशिङ्गटनको अपेक्षालाई जोड दिँदै यस मुद्दाको अन्त्य हुने आशा व्यक्त गरेका थिए । ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने “गल्ती भएको हुन सक्छ । जे भए पनि, म त्यो सम्पूर्ण परिस्थितिसँग सम्बन्धित कुनै पनि कुराको बारेमा खुसी छैन। आशा छ कि यो अन्त्य हुनेछ।”
सीएनएनका अनुसार पोल्याण्डको सेनाले युक्रेनमा रुसी आक्रमणको क्रममा आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनहरू गोली हानेर खसालेको पुष्टि गरेपछि यो स्थिति आएको हो। युक्रेनमा युद्ध सुरु भएयता नेटो सेनाले गोली चलाएको यो पहिलो हो।





























प्रतिक्रिया