आगामी कार्तिक १७ गते तय भएको उपनिर्वाचन स्वतः रद्द

आगामी कार्तिक १७ गते तय भएको उपनिर्वाचन स्वतः रद्द

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट सिर्जित परिस्थिती र सत्ता उलटफेर पछि आगामी कार्तिक १७ गते हुने तय भएको उपनिर्वाचन रद्द भएको छ ।

निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि रूपन्देही ३ र मनाङ १ (२) मा उपनिर्वाचन तोकेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि अन्तरिम सरकारकी प्रमुख बनेकी सुशिला कार्कीले प्रतिनिधिसभा विघटन गरेपछि उपनिर्वाचन रद्द भएको हो । नयाँ चुनावको मिति घोषणा भइसकेको छ ।

नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

Logo