काठमाडौं । प्रमुख ८ राजनीतिक दलहरूले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका संसदीय दलका प्रमुख सचेतकहरूले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य भएको भन्दै निर्णय फिर्ताकाे माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजीर र संवैधानिक परम्पराविपरीत छ। संविधान र कानूनी व्यवस्थाले नै समस्याको समाधान दिन्छ भन्ने हाम्रो अटल विश्वास छ । त्यसैले प्रतिनिधि सभा विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाउनुपर्छ ।’
यस विज्ञप्तिमा रास्वपाकाे सहभागीता भने छैन ।





























प्रतिक्रिया