दलाई लामाले दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

दलाई लामाले दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिएका छन् ।

भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबिच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ । नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु।’

तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उनकाे विश्वास छ ।

Logo