काठमाडौं । डिजिटल स्वतन्त्रता, सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनमा भएको घटनाप्रति कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले दुःख व्यक्त गरेको छ ।
महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा युवाले आफ्नो जायज माग राख्दा राज्यपक्षबाट गरिएको अमानवीय दमन र क्षतिप्रति दुःख व्यक्त गरिएको हाे ।
वर्तमान असहज अवस्थालाई चाँडै सामान्य, व्यावसायिक वातावरण र सर्वसाधारणको दैनिकी सहज बनाउन सबै सम्बन्धित पक्षलाई आवश्यक कदम चाल्न आग्रह गर्दै महासंघले युवापुस्ताको सिर्जनशीलता, डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता समेत जनाएको छ ।
साथै आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ । महासंघले शोकाकुल परिवारजनप्रति संवेदना प्रकट गरेको छ । प्रदर्शनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।





























प्रतिक्रिया