सभापति देउवा दम्पतीमाथि भएको आक्रमण निन्दनीय -कांग्रेस

सभापति देउवा दम्पतीमाथि भएको आक्रमण निन्दनीय -कांग्रेस

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको “अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण”को कडा शब्दमा निन्दा गरेको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा जेएनजी प्रदर्शनकाे क्रममा देउवा दम्पतीमाथि भएको आक्रमण निन्दनीय र भर्त्सनायोग्य रहेको उल्लेख छ।

‘कतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’विज्ञप्तिमा भनिएकाे छ ।

भदौ २३ र २४ गते भएको जेएनजी प्रदर्शनका क्रममा युवाहरूको सहादत भएको र खर्बौंको भौतिक संरचनामा क्षति पुगेकोमा कांग्रेसले दुःख व्यक्त गरेको छ। आन्दोलनमा ज्यान गुमाउने युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै कांग्रेसले उक्त घटनाको छानबिन गर्न सरकारसँग माग गरेको छ।

साथै प्रतिनिधिसभाको विघटनलाई कांग्रेसले पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भनेको छ । यसले संविधान र लोकतन्त्रलाई कमजोर बनाएको तथा सर्वोच्च अदालतको पूर्व फैसला विपरीत रहेको कांग्रेसको ठहर छ।

जेएनजीको भावना विपरीत भएका घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका धेरै संरचनाहरूमा भएको क्षतिको अविलम्ब आंकलन प्रक्रिया सुरु गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

Skip This
Skip This
Logo