रामेश्वर खनालले अर्थमन्त्रीको रुपमा तलब, क्वार्टर, गाडी सुविधा नलिने

रामेश्वर खनालले अर्थमन्त्रीको रुपमा तलब, क्वार्टर, गाडी सुविधा नलिने

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् ।

सपथ लिनुअगावै खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन्।

खनाल पूर्वअर्थसचिव हुन्। अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी याे परिस्थितीमा उपयुक्त पात्र मानिन्छन् ।

Logo