सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार छ -सिबिफिन

सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार छ -सिबिफिन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको जनाएको छ ।

देशमा सुशासनको माग गर्दै युवा पुस्ताले गरेको आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनलाई स्वागत गर्दै सिबिफिनले एक विज्ञप्तिमार्फत नवगठित सरकारसँग हातेमालो गर्दै मुलुकको आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हाे ।

सिबिफिनले आन्दोलनको क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा भएको क्षतिप्रति चिन्ता व्यक्त गरेको छ। यसले विगतका महाभूकम्प र कोरोना महामारीबाट बल्लतल्ल तङ्ग्रिँदै गरेको अर्थतन्त्रमा थप चुनौती थपेको परिसंघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको यस आन्दोलनको जगमा उभिएर हामी युवाहरूको आवाज र आकांक्षाहरूलाई प्रतिनिधित्व गर्न तयार छौँ।”

सिबिफिनले नवगठित सरकारसँग सहकार्य गर्दै शान्त, सुशासित र समृद्ध राष्ट्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। साथै, निजी क्षेत्रमा लगानी र रोजगारीको वातावरण बनाउन सरकारले उचित नीति र सुरक्षाको प्रत्याभूति दिनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूमा क्षति पुर्याउने गलत मनसाय भएका तत्त्वहरूप्रति सचेत रहन आग्रह गर्दै सिबिफिनले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका वित्तीय संस्थाहरूलाई सहज रूपमा बैंकिङ सेवा सञ्चालन गर्न सहयोग गर्न अनुरोध पनि गरेको छ।

Skip This
Skip This
Logo