बक्सिङका पूर्वविश्व च्याम्पियन ह्याटनको ४६ वर्षको उमेरमा निधन

बक्सिङका पूर्वविश्व च्याम्पियन ह्याटनको ४६ वर्षको उमेरमा निधन

केन्द्रबिन्दु
9
Shares

लन्डन । बक्सिङ खेलका पूर्वविश्व विजेता रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ।

ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला परेका हुन् । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उनको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताएका छन् ।

“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानीय प्रहरी प्रवक्ताले भने।

“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ।

‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जितेका थिए । उनको आक्रामक शैलीले आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो।

सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उनले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जितेका थिए ।

Skip This
Skip This
Logo