रुकुम (पश्चिम)

उपचारका क्रममा महिलाको मृत्यु भएपछि पुनः सोमबार साँझ रुकुम (पश्चिम) चौरजहारी अस्पतालमा तोडफोड भएको छ । "/>

विरामीको मृत्यु पछि चौरजहारी अस्पताल २ दिन देखि तनावग्रस्त

विरामीको मृत्यु पछि चौरजहारी अस्पताल २ दिन देखि तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

रुकुम (पश्चिम)

उपचारका क्रममा महिलाको मृत्यु भएपछि पुनः सोमबार साँझ रुकुम (पश्चिम) चौरजहारी अस्पतालमा तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्याँस प्रहार गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका १३ कि २९ वर्षीय यसोदा मल्ल रोकायको उपचारकै क्रममा आइतबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आइतवार पनि अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालका चार झ्यालका सिसा र फर्निचर क्षतिग्रस्त भएका छन् । विवाद मिलाउन सोमबार दिनभरी भएको छलफल निश्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले साँझ फेरी अस्पतालमा तोडफोड गरेका हुन् ।

वार्ता नमिलेपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड सुरु गरेका थिए । भिड तितरवितर पार्न ९ राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo