काठमाडौं
महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलो ग्राम रुवी सहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिंजापतिलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवी सहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिए । उक्त रुवीको बजार मूल्य १६ करोड रुपैयाँ रहेको जनाइएको छ ।
यस्तै वृत्तले १२ लाख ७० हजार भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकम सहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।
रासस































प्रतिक्रिया