काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गृहमन्त्रीको नियुक्तिलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आशंका गरेका छन् ।
उनले सोधेका छन्, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ?’
अन्तरिम सरकारको गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्, ओमप्रकाश अर्यालले । उनी एक चर्चित कानुनविद् हुन् । युवाहरुको जेन–जी आन्दोलन शुरु भएदेखि नै कानुनी सल्लाहकारका रुपमा दौडधुपमा बिताएका अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीले कार्यकारी जिम्मेवारी नै तोकेर सरकारमा ल्याएकी हुन् ।
बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनी कानूनी सल्लाहकारको रुपमा कार्यरत थिए ।





























प्रतिक्रिया