काठमाडौं । अटो मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघले जेनजी आन्दोलनका क्रममा विभिन्न व्यवसायी लगायत अटोमोबाइल व्यवसाय र निजी सम्पत्तिमा भएकाे आक्रमणकाे घोर भर्त्सना गरेकाे छ ।
अटोमोबाइल व्यवसायीहरुका देशभरी विभिन्न स्थानमा रहेका शोरुम र सवारी साधन जलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आगामी दिनमा अटोमोबाइल व्यवसायलाई चुस्त दुरुस्त रुपमा पुनः उठाउन सहयोग र सहकार्य गर्ने कार्यमा संघ प्रतिबद्ध रहेको समेत जनाएको छ ।
संघले यही असोज ०४ गते शनिवार गर्ने तयारी गरेको ३१औं वार्षिक साधारण सभा एवं ११औं अधिवेशन समेत हालको विषम परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेको छ ।





























प्रतिक्रिया