सिंहदरबार र आसपासका सरकारी कार्यालयका हजारभन्दा बढी सवारीसाधन नष्ट

सिंहदरबार र आसपासका सरकारी कार्यालयका हजारभन्दा बढी सवारीसाधन नष्ट

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । यही भदाै २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा भएको ताेडफाेड र आगजनीबाट मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी कार्यालयका हजारभन्दा बढी सवारीसाधन नष्ट भएका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।

यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन । सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक आंकलन मात्र हो अझ थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । यो तथ्याङ्कमा तोडफोड मात्र भएका सवारीसाधन समावेश छैनन् ।

Logo