हेलो सरकारमा फलानालाई मन्त्री बनाउन भन्दै फाेन आएपछि…

हेलो सरकारमा फलानालाई मन्त्री बनाउन भन्दै फाेन आएपछि…

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । यतिबेला (हेलो सरकार) मा फोन गरेर फलानोलाई मन्त्री बनाउन प-यो भन्नेको धेरै फोन आउन थालेको पाइएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा जनताका गुनासो सुन्ने हेलो सरकारको कार्यालय पनि जलेको थियो । कम्प्युटर लगायतका उपकरणहरु जलेकाले हाल हेलो सरकारको सेवा प्रभावित भएको छ । यस्तै आजबाट नयाँ प्रधानमन्त्री कार्यालयबाट सेवा सुरु गर्ने तयारी छ । हेलो सरकारको फोन नम्बर ११११ सेवा आजबाट सुरु गर्ने तयारी रहेको त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले बताए ।

‘हेलो सरकारको सबै काम अनलाइन सिस्टमबाट हुन्थ्यो तर सबै जलेर एउटा मोबाइल मात्र बाँकी छ,’ अधिकृत भट्टराईको भनाई छ । त्यो मोबाइल नम्बरमा फोन आउने र ह्वाट्सएपमा म्यासेज आउने क्रम भने जारी छ । सो क्रममा शान्ति सुरक्षा चाहियो भन्नेदेखि फलानालाई मन्त्री बनाउनुपर्‍यो भन्नेहरु पनि रहेको पाइएको हो ।

तर ती गुनासा तथा सुझावमाथि कारबाही प्रक्रिया अघि बढाउन सकिएको छैन ।

Logo