स्याउको मूल्य वृद्धि

स्याउको मूल्य वृद्धि

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा आज बजारमा स्याउको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो । आज फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेर प्रतिकिलो ३१० कायम भएको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै एक महिनाको अवधिमा भने फुजी स्याउको भाउ ५.४९ प्रतिशतले घटेको देखिन्छ । भदौ पहिलो साता यो स्याउ प्रतिकिलो ३ सय २८ रुपैयाँमा किनबेच भएको थियो ।साउन अन्तिम साता बजारमा फुजी स्याउ प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३३० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै एक महिना अवधिमा झोले स्याउको मूल्य पनि ३.५४ प्रतिशत घटेको छ । आज भने झोले स्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Logo