काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी शहीदका सपना साकार पार्न सरकार निरन्तर प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार पशुपतिमा शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहीदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको र त्यसलाई साकार पार्न वर्तमान सरकार अग्रसर रहेको बताएका हुन् ।
युवा पुस्ताका भाईबहिनीहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको भन्दै जेनजीहरुको योगदान र बलिदानलाई आत्मसाथ गदै आगामी सरकार अग्रसर हुने बताए ।





























प्रतिक्रिया