हरित टाइल कम्पनी प्राइम सिरामिकद्वारा १.३ मेगावाट सौर्य ऊर्जा परियोजना सुरु

हरित टाइल कम्पनी प्राइम सिरामिकद्वारा १.३ मेगावाट सौर्य ऊर्जा परियोजना सुरु

केन्द्रबिन्दु
12
Shares

रौतहट । नेपालकै एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले रौतहटस्थित कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सुरु गरेको छ। शून्य कार्बन उत्सर्जनतर्फ आफ्नो पहललाई थप बलियो बनाउँदै कम्पनीले उक्त परियोजना सुरु गरेको हो ।

कम्पनीको योजना अनुसार यस सौर्य ऊर्जा प्लान्टबाट वार्षिक करिब १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुनेछ। यसबाट करिब ८ हजार टन कार्बन उत्सर्जन कम हुने छ भने प्रत्येक वर्ष २१ हजार रुख जोगाउने बराबरको वातावरणीय योगदान हुने प्राइम सिरामिकले जनाएको छ।

उत्पादित ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुनेछ, जसले कम्पनीको वातावरणीय योगदानलाई उच्च स्तरमा पुर्याउनेछ। प्राइम सिरामिकका अध्यक्ष आशिष गर्गले भने, “दिगोपनासँग घर फर्कनुहोस्‘ आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्।”

यस परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआई कार्यक्रम अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ।

Logo