काठमाडौं

भक्तपुुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुुरुङमार्ग बनाइ दिने भएको छ । "/>

साँगाको सुुरुङमार्ग पनि जाइकाले बनाउने

साँगाको सुुरुङमार्ग पनि जाइकाले बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भक्तपुुरको साँगामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सुुरुङमार्ग बनाइ दिने भएको छ । नागढुुंगामा सुुरुङमार्ग बनाउन अन्तिम तयारी गरिरहेको जाइकाले साँगामा पनि बनाउन लागेको हो ।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुुख सञ्जय श्रेष्ठले नागढुंगा सुुरुङमार्गको फाइल जाइकाले अध्ययन गरेर फिर्ता दिने अन्तिम तयारीमा पुगेको बताए । उनले भने, ‘अबको दुुई साता भित्रै सुुरुङमार्ग बनाउन चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका लागि सार्वजनिक प्रस्ताव माग गर्ने तयारी भएको छ ।’ यो सुुरुङमार्ग सकेर जाइका साँगा जाने भएको हो ।

महाशाखाले समयको बचत र छिटो आयोजना अगाडि बढाउन प्राविधिक र आर्थिक प्रस्ताव एकैपटक माग गर्ने भएको छ । जुुन कम्पनी प्राविधिक रूपमा छनोट हुुन्छन्, उसैको मात्र आर्थिक प्रस्ताव खोलिने पनि उनको भनाइ छ । नागढुंगामा बनाइने सुुरुङमार्गका लागि जाइकाले ऋण लगानी गरेको छ । यो मार्गमा पर्ने घरजग्गाको नेपाल सरकारले मुुआब्जा दिएर साइट क्लियर गर्नुपर्नेछ ।

काठमाडौं तर्फको दुई सय ६७ रोपनीमा हालसम्म ६३ जनाले करिब ७० करोड मुुआब्जा पाएका छन् । चालु आवका लागि सरकारले थप ९५ करोड रुपैयाँ पनि विनियोजन गरिसकेको छ । महाशाखाले एक सय ६० जनाको फाइल तयार पारेको छ । सुरुङमार्गका लागि काठमाडौंतर्फको मुुआब्जा वितरण सकेर धादिङतर्फको धुुनिवेसी नगरपालिकामा पर्ने एक सय नौ रोपनी जग्गाको स्थानीय बासिन्दालाई मुुआब्जा वितरण गरिनेछ । आगामी ६ महिना भित्र सबै काम सकेर ठेक्का लागिसक्ने र ठेकेदार परिचालन हुुने दाबी विभागको छ ।

नेपालकै पहिलो सडक सुुरुङमार्ग बनाउन जाइकाले करिब १७ अर्ब रुपैयाँ सहुुलियत ऋण सहयोग नेपाललाई दिएको छ। नेपालले मुुआब्जा सहितको काममा करिब तीन अर्ब रुपैयाँ लगानी गरेर २.७ किमिको यो सुुरुङमार्ग बनाउने प्रक्रिया अगाडि बढाएको छ । जापानले यो सुुरुङमार्गका लागि ०.१ प्रतिशत सहुुलियन ब्याजदरमा ऋण सहयोग गरेको हो । नेपालले यो ऋण ४० वर्ष भित्र तिर्नुुपर्ने शर्त छ ।
अन्नपूर्णबाट

Logo