रेसिङ अटोमोबाइल्सद्वारा पुराना गाडीहरूमा ‘दुर्घटनारहित प्रमाणपत्र’ वितरण योजना सुरु

रेसिङ अटोमोबाइल्सद्वारा पुराना गाडीहरूमा ‘दुर्घटनारहित प्रमाणपत्र’ वितरण योजना सुरु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौंको कलंकीस्थित खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण गर्ने नयाँ योजना सुरु गरेको छ ।

बुधबार एक विशेष समारोहका बीच यो योजना औपचारिक रूपमा सार्वजनिक गरिएको हो । समारोहमा कम्पनीका अध्यक्ष रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै योजनाको सुरुआत गरेका थिए ।

ढुंगेलका अनुसार यस योजनाको उद्देश्य पुराना गाडी खरिद गर्दा हुने अविश्वास, शंका र ठगी जस्ता समस्या समाधान गर्नु हो । उनले भने, “यदि हामीले बिक्री गरेको गाडी पछिल्ला मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाणपत्र दिएपछि पनि त्यस गाडी पहिले नै दुर्घटनाग्रस्त भएको प्रमाणित भएमा हामीले खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता दिने ग्यारेन्टी दिनेछौं ।”

कम्पनीका प्रबन्ध निर्देशक प्रविन लामिछानेले अटामोबाइलप्रति विश्वसनियता बढाउँदै लानेमा अझैं प्रतिवद्ध गरेको जानकारी दिए ।

कार्यक्रममा व्यापार सल्लाहकार सिताराम भट्टराईले दुर्घटनारहित प्रमाणपत्रले बजारमा पारदर्शिता र जिम्मेवारी बढाउने बताए भने सलीको इन्सुरेन्सका शाखा प्रबन्धक शम्भु बस्य्यौलाले रेसिङले बिक्रीसम्मको जिम्मेवारी लिने र त्यसपछिका जोखिम बीमा कम्पनीहरूले वहन गर्ने जानकारी दिए ।

कार्यक्रममा सहभागी बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूले पनि रेसिङ अटोमोबाइल्सको पारदर्शिता र व्यावसायिक दृष्टिकोणको प्रशंसा गरेका थिए ।

सो अवसरमा कम्पनीले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल ८८’ पनि सार्वजनिक गरेको थियो, जसले ब्रान्डको पहिचान र पुराना गाडीको कारोबारमा विश्वसनीयता अभिव्यक्त गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

Logo