डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडल सार्वजनिक गरेको छ।

‘ईस्ट विन्ड इन्फिनिट वर्ल्ड’भन्ने थिममा इजिप्ट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा अटोमोबाइलप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो। प्रदर्शनीमा कम्पनीका परम्परागत मोडेलदेखि नयाँ उर्जा गाडीहरू विशेषरूपमा प्रदर्शन गरिएको थियो।

कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू प्रस्तुत गरिएको थियो।

सार्वजनिक गरिएका मोडेलहरूमा मेज आइस र साइन आइस, डोङफेङ बक्स, डोङफेङ ००७, मेन इभी, भोया फ्री, भोया ड्रीम, भोया प्यासन र एमहिरो ९१७ समावेश थिए।

डोङफेङ मोटरले इजिप्टको अटोमोबाइल बजारमा औपचारिक प्रवेशसँगै आधुनिक यातायात समाधानको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्य राखेको जनाएको छ।

Skip This
Skip This
Logo