काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन ४०० रुपैयाँले घटेको हो । विहिबार पनि ७०० रुपैयाँ घटेको थियो ।
सुन गत हप्ता घटबढ भइ नै रहेको थियो । कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन विहीबार ७०० ले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० सय कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया