काठमाडौँ

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा चिकित्सक अभावका कारण उपचार सेवा नै प्रभावित भएको छ । "/>

चिकित्सक नहुँदा कान्तिमा शल्यक्रिया रोकिने अवस्था

चिकित्सक नहुँदा कान्तिमा शल्यक्रिया रोकिने अवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा चिकित्सक अभावका कारण उपचार सेवा नै प्रभावित भएको छ । ३९ मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा पाँच डाक्टर कार्यरत छन् । चिकित्सकको चरम अभाव हुँदा स्वास्थ्य सेवामा गम्भीर समस्या देखिएको अस्पतालका निर्देशक डा गणेश राईले बताए । देशभरबाट बिरामी बच्चा उपचारका लागि ल्याउने तर चिकित्सक नहुँदा सेवा अवरुद्ध हुने चरणमा पुगेको उनले बताए ।

कान्ति बाल अस्पतालमा दैनिक आठ सयको हाराहारीमा बिरामी आउँछन् । तर बिरामीको अनुपातमा चिकित्सक छैनन् । अस्पताल विकास समितिका तर्फबाट ३० जना चिकित्सक कार्यरत छन् ।

सरकारी दरबन्दीमा रहेका चिकित्सक कान्तिमा बस्न नचाहनुको मुख्य कारण भनेको नम्बर कम आउने भएर हो । दुर्गममा गएर सेवा दिएको खण्डमा नम्बर बढी आउने भएपछि उनीहरू एमडी पढ्ने लोभमा दुर्गम जान थालेपछि सुगमको कान्तिमा चिकित्सकको खडेरी परेको हो ।

‘वीरमा चिकित्सकलाई भत्ताको व्यवस्था छ । तर कान्तिमा भत्ता पनि पाइँदैन । साथै दुर्गममा गए नम्बर बढी आउँछ । कान्तिमा डिउटी मात्रै गर्नुपर्छ जसले गर्दा चिकित्सक आउन मान्दैनन्,’ निर्देशक राईले भने ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo