वजनदार पर्यटकको कारण गधाहरु घाईते

वजनदार पर्यटकको कारण गधाहरु घाईते

केन्द्रबिन्दु
0
Shares

ग्रिसको स्यान्टोरेनी द्धिपमा आउने पर्यटकहरुको पहिलो रोजाईमा गधा चढ्ने रहेको छ । यो द्धिपको बनावट पनि यस्तो रहेको छ कि होटेलहरु पाहाडको टुप्पोमा रहेको छ भने फेदमा समुन्द्र ।

पर्यटनमा आउने पर्यटकहरु मोटो भएको कारण उनीहरु द्धिपमा आएर हिडेर पाहाडको टुप्पोमा रहेको होटेलमा पुग्न मुस्किल हुन्छ । सवारी साधनको सुविधा नभएको कारण यस्तोमा उनीहरुको पहिलो रोजाई भनेको गधा चढ्नु नै हुन्छ ।

पर्यटकहरुको अत्याधिक चाप भएको कारण यहाँका गधाहरुले राम्ररी बिश्राम गर्न नपाएर विमारी भएका छन् भने धेरै तौल भएका पर्यटकहरुलाई बोकी रहनु पर्दा गधाहरुमा धाउ पनि भएको छ । पछिल्लो पटक गधाको अधिकारको क्षेत्रमा कुरा उठेपनि त्यसलाई कसैले कार्यान्वयन गर्न भने सकेका छैनन् । पशु अधिकारवादीहरु गधालाई उसको तौल भन्दा २० प्रतिशत बढी भार मात्र बोक्न दिनु पर्छ भनिरहेका छन् । तर ति गधाहरुले ६० किलो भन्दा बढी तौल भएका पर्यटकहरुलाई घन्टौ बोकेर हिड्नु परिरहेको हुन्छ । यस्तो अवस्थामा केही पशु अधिकारवादीहरुले उन्नत नश्लको गधा ल्याउनु पर्ने जसको उचाई र भार वहन पनि बढि हुने बताइरहेका छन् ।

Logo