सल्लाघारीकाे ओमोडा एण्ड जेको शोरुममा ३ दिने ‘फेस्टिभ कार्निभल’को शुभारम्भ

सल्लाघारीकाे ओमोडा एण्ड जेको शोरुममा ३ दिने ‘फेस्टिभ कार्निभल’को शुभारम्भ

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । भक्तपुरको सल्लाघारीस्थित ओमोडा एण्ड जेकोको शोरुममा आजदेखि ३ दिने ‘फेस्टिभ कार्निभल’ को शुभारम्भ भएको छ । ‘फेस्टिभ राइड मेगा ड्राइभ’ नाराका साथ सुरु भएको यो भव्य कार्यक्रमले इभी गाडीप्रेमीहरूलाई थप उत्साह र अवसरको नयाँ रंग थप्ने विश्वास लिइएको छ ।

केडिया ग्रुपका डाइरेक्टर अनिल केडियाको प्रमुख आतिथ्यता रहेको कार्निभलको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत भक्तपुर जिल्लाका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो । आइतबारसम्म चल्ने यो कार्निभलमा आकर्षक छुट, विशेष सुविधा र नयाँ गाडीको प्रदर्शनीले ग्राहकहरूलाई लोभ्याउने निश्चित छ ।

कार्निभलमा सहभागी भएर गाडी किन्ने ग्राहकहरुले एक्सचेन्ज बोनस, ७ किलोवाटको होम चार्जर, १ वर्षको निःशुल्क बीमा र फेष्टिभ अफरअन्तर्गत हरेक मोडलका गाडीको मूल्यमा ग्राण्ड डिष्काउन्ट पनि पाउने छन् । कार्निभलमा ‘जेको जे ५’ पहिलोपटक प्रदर्शनमा राखिएको छ । याे गाडी यसै वर्ष नाइमा मोबिलिटी एक्सपोमा लन्च गरिएको हो ।

पहिलो पटक भक्तपुरको सल्लाघारी शोरुममा राखिएको यो गाडीमा लेभल २ एड्भान्सड् ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरूफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । जे५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सटुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू पनि समावेश रहेका छन् ।

ओमोडा एण्ड जेकोको सल्लाघारी शोरुमका म्यानेजिङ डाइरेक्टर तथा बिजनेस पार्टनर प्रतिक दाहालले दसैँ–तिहारको रमझमअघि ग्राहकहरूले आफूलाई मनपर्ने गाडीको बारेमा विस्तृत जानकारी लिन, टेस्ट ड्राइभमार्फत अनुभव गर्न र आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्न सकुन् भन्ने उद्देश्यले यो फेस्टिभ कार्निभल आयोजना गरेकाे जानकारी दिए ।

यो फेस्टिभ कार्निभल केवल गाडी प्रदर्शनी मात्र होइन, यो एक उत्सव हो जसले प्राविधिक नवप्रवर्तन, ग्राहक सन्तुष्टि र उत्सवको भावनालाई एकसाथ जोड्छ ।

Logo