काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुलुकमा प्रतिगमनकारी शक्तिहरुले संविधानलाई मास्न खोजिरहेको भन्दै यसलाई जोगाउन सबै लाग्नुपर्ने बेला आएको बताएका छन् ।
संविधान दिवसको अवसरमा गृहजिल्ला नुवाकोटको क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै नेता लामाले शान्तिपूर्ण भनिएको जेन-जी आन्दोलनमा अराजक समूहद्वारा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमणक अमानवीय र खेदजनक भएको भन्दै घोर भत्सर्ना गरे ।
कांग्रेसका नेता कार्यकर्तामाथिको साङ्घातिक आक्रमण,सुनियोजित रहेको समेत उनले प्रष्ट पारे । उनले भने, ‘यो राजनीतिक ब्यबस्थाका सबै अंगहरु र राजनीतिक दलका नेता कार्याकर्ताको निजी घर र सम्पत्तिमाथि गरिएको आगजनी, तोडफोड र विध्वंस मच्चाउने संविधान विरोधी तत्वहरु हुन्, दाेषी जो-कोही भए पनि कारबाही हुन्छ । टेक्नोलोजी र कुकुरले कहिल्यै झुटो बोल्दैन।’ जो कोहीले गलत गरेको भएपनि कानूनी कठघरामा उभिनुपर्ने उनको उनको तर्क थियो।
फरक प्रसङ्गमा पार्टीको विधान बमोजिम नेतृत्व चयनको लागि तत्काल महाधिवेशन गर्ने परिस्थिति नरहेको बताउँदै विशेष महाधिवेशनबाट टुंगो लगाउनुपर्ने धारणा राखे ।





























प्रतिक्रिया