एन. पि. घायलको गजल

एन. पि. घायलको गजल

केन्द्रबिन्दु
15
Shares

राँको बालेको थियो थियो खै के माएको थियो ।
एक पागल प्रेमी सडकमा आएको थियो ।।

के थियो एजेण्डा खै के माग के थियो उस्को ।
यही माटोको टिका शिरमा लाएको थियो ।।

प्रेमी हुनलाई स्त्री पुरुष नचाहिँदो रहेछ ।
झण्डा ओडी उ राष्टि­­«य गीत गाएको थियो ।।

कहिले हतियार कहिले कलम समात्यो ।
खै उस्को मनले के कसम खाएको थियो ।।

झट्ट हेर्दा टिठ लाग्छ घायल बनी हिँड्छ ।
परिवर्तन मात्र भन्छ खै के चाएको थियो ।
एन.पी.घायल पर्वत ।

Skip This
Skip This
Logo