महावीर पुनको आग्रह- ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’

महावीर पुनको आग्रह- ‘मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला’

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा प्रस्तावित महावीर पुनले आफूलाई ‘मन्त्री’ नभई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन्।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले पदभार ग्रहण गर्नुअघि नै यस्ताे आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले बधाई दिन चाहनेहरूलाई फोन वा खादामाला लिएर नआउन पनि आग्रह गरेका छन्। बरु ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया पठाउन उनकाे अनुराेध छ ।

‘मेरो पहिलो घोषणा – कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । ‘ उनले भनेका छन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला।’

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी देशको विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्दै आएका पुनले मन्त्रालय सम्हाल्न लागेको यो खबरसँगै उनको कार्याकालमा शिक्षा र विज्ञानको क्षेत्रमा ठोस र परिणाममुखी परिवर्तन आउने अपेक्षा गरिएको छ।

Logo