मलाई आक्रमण गर्न सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेका छन् -सुदन गुरुङ

मलाई आक्रमण गर्न सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेका छन् -सुदन गुरुङ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण गर्न एउटा समूह घरसम्मै धाइरहेको बताएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको बताएका हुन्।

‘मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने। कहिले कता फलो गर्ने। बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु। अरुलाई धम्काएजस्तो सोच्नुहोला। मलाई धम्क्याउन गाह्रो छ। तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नुहोला। जति जना तपाईंले ट्राई गरिरहनुभएको छ। मेरो देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ।’ उनले भिडियोमा भनेका छन् ।

Logo