काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनमा पार्टी सहभागी रहेको प्रष्ट पारेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाले भने, ‘२३ गतेको आन्दोलनमा पार्टीको सहभागी थियो । हाम्रो पार्टीमा जेनजी अहिले पनि हुनुहुन्छ। हाम्रो प्रतिनिधिसभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ। उहाँहरू पनि जानुभएको थियो। तत्कालीन केन्द्रीय सदस्य सुमनाजी‚ गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरू पनि जानुभएको थियो। अरू पार्टीको तुलनामा हामी सबैभन्दा बढी उपस्थित थियौँ ।’
तर २४ गतेको घटनामा भने पार्टीको कुनै सहभागीता नरहेको पनि उनले बताए ।





























प्रतिक्रिया