काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा एकैपटक दुई नयाँ मोटरसाइकल लन्च गरेको छ। कम्पनीले प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहको कार्यक्रममा टीभीएस अपाचे आरटीआर १६० २ भी एफआई बीएस ६ र टीभीएस रेडर आईगो सार्वजनिक गरेको हो ।
अपाचे रेसिङ डीएनएबाट प्रेरित टीभीएस अपाचे आरटीआर १६० २भी एफआई बीएस ६ मा बीएस ६ फ्युल इन्जेक्सन प्रविधि प्रयोग गरिएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र युरोपेली लुक दिने दावी गरिएको छ ।
यसमा १५९।७ सीसी इन्जिन, करिव १६।०४ पीएस पावर र १३।८५ एनएम टर्क, एरोडाइनामिक डिजाइन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्ट एक्सओकनेक्ट जस्ता विशेषताहरु समावेश छन् । साथै, यसमा आफ्नै सेग्मेन्टमा पहिलोपटक जीवनभरको वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ।
टीभीएस रेडर आईगो नयाँ पुस्ताका लागि भएको बताइएको छ । स्टाइल र परफर्मेन्स दुवै चाहने युवालाई लक्षित गर्दै ल्याइएको रेडर आईगोमा १२५ सीसी इन्जिन, एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन, पूर्ण डिजिटल क्लस्टर, सीट मुनि स्टोरेज, राइड मोड्स र कनेक्टिभिटी सुविधा उपलब्ध छन्। यो मोडललाई दैनिक यात्रा तथा रोमाञ्च खोज्नेका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारका अनुसार अपाचे आरटीआर १६० टुभी एफआई बीएस६ ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने रेडर आईगोले युवा पुस्तालाई लक्षित गर्दै स्टाइल, माइलेज र रोमाञ्च प्रदान गर्नेछ। यी दुवै मोडलले टीभीएस ब्रान्डलाई अझ मजबुत बनाउन सहयोग गर्नेछन् ।
लन्च पछि यी मोटरसाइकलहरु नेपालभरका सबै टीभीएस शोरुम तथा डिलरसिपमा उपलब्ध हुने वितरकले बताएको छ । ग्राहकहरूले विभिन्न कलर विकल्प, आधुनिक फिचर तथा आकर्षक लञ्च अफरहरू पनि पाउने छन्।































प्रतिक्रिया