केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्दै सकियोमाओवादीको स्थायी समिति बैठक

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्दै सकियोमाओवादीको स्थायी समिति बैठक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी बिद्रोह पछिको राजनीतिक अवस्था, पार्टीको आगमी रणनीति, फागुनमा हुने निर्वाचन र पार्टी पुनर्संरचना लगायतका विषय बैठकमा राखेका थिए । भोलिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी पुनर्संरचनाका लागि मंसिरमा विशेष महाधिवेशन गर्ने, केन्द्रीय समिति सहित सबै कमिटी विघटन गर्ने र जेनजीको भावनाअनुसार निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने लगायतका प्रस्ताव राख्ने माओवादीले बताएको छ ।

आजको बैठकले भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए। यसअघि असोज ५ गतेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव राखेका थिए ।

Skip This
Skip This
Logo