मोडलको फोटोमा एयरब्रस गर्न रोक

मोडलको फोटोमा एयरब्रस गर्न रोक

केन्द्रबिन्दु
0
Shares

बिश्वकै लोकप्रिय ब्राण्डको रुपमा रहेको एच एण्ड एमले आफ्नो उत्पादनहरुको प्रचार गर्न प्रयोग गरेका मोडेलका तस्विरहरुलाई थप आकर्षक बनाउन फोटोसपमा गर्दै आएको एयरब्रस टुललाई प्रतिबन्ध लगाएको छ ।

एच एण्ड एमले आफ्नो पछिल्लो स्विमसुटको मोडलिङमा प्रयोग गरेका मोडलहरुलाई थप आकर्षक बनाउन फोटोसपमा गर्दै आएको एयरब्रस टुललाई प्रयोग नगरि बिज्ञापनहरु सार्वजनिक गरेको छ । महिलाहरुलाई बास्तबिक रुपमै सुन्दर देखाउनु पर्छ भन्ने मान्यता बढ्दै गएपछि एच एण्ड एमले उक्त कार्य गरेको हो । मोडलको शरीर र आकर्षण कृत्रिम हुदैंन भन्ने कुरालाई देखाउन पनि यो अभियान गरेको एच एण्ड एमले जनाएको छ ।

यो कार्य नगरेपछि मोडलहरु बास्तविक रुपमा देखा परेका छन् । यो फोटोसुटमा केही मोडलको पुठ्ठामा स्ट्रेच मार्क देखिएको छ भने कुनै मोडलको पाखुरामा रौं देखिएको छ । तर पनि उनीहरु सुन्दर नै देखिएको र हेर्नेहरुले मोडलहरुको बास्तविक शरिर हेर्न पाउदाँ खुशि मानेका छन् । एच एण्ड एमको यो कार्य प्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । कृत्रिम रुपमा मोडललाई आकर्षक भएको हेर्नु भन्दा बास्तविक रुपमा कस्तो देखिन्छन् भन्ने कुरा हेर्नु राम्रो रहेको बताए ।

Skip This
Skip This
Logo