काठमाडौं

रसुवा जिल्लाको टिमुरेमा गएराती पहिरो जाँदा बेपत्ता भएका मध्ये ४ जनाको शव फेला परेको छ भने अन्य ५ जना हराइरहेका छन् । "/>

रसुवा पहिरो अपडेट : ४ जनाको मृत्यु , ५ जना बेपत्ता

रसुवा पहिरो अपडेट : ४ जनाको मृत्यु , ५ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसुवा जिल्लाको टिमुरेमा गएराती पहिरो जाँदा बेपत्ता भएका मध्ये ४ जनाको शव फेला परेको छ भने अन्य ५ जना हराइरहेका छन् । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको शव पहिचान भइसकेको छ भने अन्यको पहिचान हुन बाँकी छ । बेपत्ता हुनेमा मंगल तामाङ, बिक्रम नेवार, सुसे खड्का, कामी घले, प्रसान ग्याल्मो घले, मिङ्मार तामाङ रहेका छन् । बेपत्ता भएका सुमो चालकको विवरण आएको छैन् भने सर्मिलाको पनि थर खुलेको छैन ।

१२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकी समेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पहिरोमा परी दुई घर पुरिएका छन् । पुरिएको घरमा ७ जना फसेका हुन सक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अहिले पहिरोमा फसेकाहरुको उद्दारका लागि दुई वटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ । थप विवरण आउन बाँकी छ ।

Logo