१० हजार घुस लिएको अभियोगमा नायब सुब्बा महतोविरुद्ध मुद्दा

१० हजार घुस लिएको अभियोगमा नायब सुब्बा महतोविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगो अनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो ।रासस

Skip This
Skip This
Logo