दशैं योजनाः बिमा दाबी गरे स्काईवेल ईभीको तत्काल डेलिभरी, १० लाखसम्म सहयोग

दशैं योजनाः बिमा दाबी गरे स्काईवेल ईभीको तत्काल डेलिभरी, १० लाखसम्म सहयोग

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । दशैंको अवसर पारेर स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले ‘स्काईवेल ईभी डेलिभरी विशेष योजना’ सुरु गरेको हो। कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार, प्राकृतिक प्रकोप वा अन्य कारणले सवारी साधनमा क्षति पुगेका ग्राहकहरूले आफ्ना गाडीको बीमा क्लेमको प्रमाणित कागजात बुझाएमा तुरुन्तै नयाँ स्काईवेल ईभी प्राप्त गर्न सक्नेछन्।

यस योजनाको मुख्य लक्ष्य दशैंको समयमा ग्राहकहरूको दैनिक तथा व्यावसायिक आवश्यकतालाई सहज बनाउनु रहेको कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्मको विशेष आर्थिक सहयोग प्राप्त गर्न सक्नेछन्। साथै हरेक स्काईवेल ईभीको खरिदमा ग्राहकले नयाँ आईफोन १७ पनि उपहार स्वरूप पाउनेछन् भने क्षति भएको सवारी साधनको प्रमाणित बीमा कागजात पेस गरेपछि नयाँ गाडी तत्काल डेलिभरी गरिनेछ ।

नेपाली बजारमा स्काईवेलको ईटी५ लङ रेन्ज भेरिएन्ट को मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, बीई११ मोडल दुई फरक रेन्जमा उपलब्ध छ, जसको मूल्य क्रमशः ७९ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ रहेको छ। यी दुवै मोडल फुल साइज एसयूभी हुन्।

Skip This
Skip This
Logo