रास्वपालाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन अल्टिमेटम

रास्वपालाई तीन महिनाभित्र केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन अल्टिमेटम

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले अल्टिमेटम दिएका छन् ।

१० महिनादेखि भाडावापतको रकम नपाएको र सुरक्षाको कारण घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन् । देवकोटा रास्वपाकै अनुशासन आयोगका प्रमुख हुन् ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडाको सहमतिसहित देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

Logo