रूपन्देही

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्ने गरी निर्माणको काम धमाधम भइरहेको छ । "/>

भैरहवा विमानस्थलमा पुसबाटै परीक्षण उडान हुने

भैरहवा विमानस्थलमा पुसबाटै परीक्षण उडान हुने

केन्द्रबिन्दु
0
Shares

रूपन्देही

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्ने गरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन (अलकत्रा) हाल्ने काम सुरु भएको छ ।

अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने काम सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । “अब एक किसिमले धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको मान्न सकिन्छ, यस्तै भयो भने हामी १ जनवरी २०१९ मा यो विमानस्थलबाट परीक्षण उडान सुरु गर्नेछौं,” शर्माले भने । बेसकोर्समा अलकत्रा राखेपछि त्यस माथि तीन तहको पिच हुने शर्माको भनार्इ छ । अहिले राखेको अलकत्राले बेसकोर्स तलका सबैलाई सुरक्षित र मजबुत गर्ने काम गर्छ । राखिएको अलकत्रा माथि अब १ फिट मात्रै उठ्नेछ, जुन धावनमार्गको अन्तिम कार्य हो ।

आयोजना कार्यालयले जति सक्यो छिटो धावनमार्गको काम सकि त्यहीँबाट आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । अहिलेको विमानस्थलको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकाले त्यसलाई निर्माण गर्दा आन्तरिक उडान सम्भव नभएकाले पनि अहिलेको धावनमार्गको निर्माण जनवरी १ भित्रै सम्पन्न गरी त्यहिँबाट आन्तरिक उडान सुरु गरी विमानस्थलका बाँकी निर्माण काम गर्ने योजना रहेको आयोजना प्रमुख ओम शर्माले बताए ।

पछिल्ल्लो समय विमानस्थल निर्माणको काम द्रुत गतिमा भइरहेको छ । विमानस्थल निर्माणमा अहिले चीनका दक्ष र अर्धदक्ष गरी करिब ८० कामदार छन् भने थप कामदार चीनबाटै ल्याउने तयारी भइरहेको छ । विमानस्थल क्षेत्र भित्र पर्ने घाघरा नदी डाइभर्सन गर्ने काम २ वर्ष अघि नै सम्पन्न भइसकेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरे पनि २०७२ मा आएको भूकम्प, त्यस लगत्तै लामो समय चलेको मधेश आन्दोलन, नाकाबन्दी, नदीजन्य बस्तुको अभाव लगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको निर्माणाधिन विमानस्थलको अहिले सम्म आधा भन्दा बढी काम सकिएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo