काठमाडौँ
एक करोड भन्दा बढीको सुन सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बैंककबाट थाई एयरको टीजी ३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुन सहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीहरुले मलद्वार भित्र लुकाएर उक्त परिमाणको सुन भन्सार छलेर लैजान खोजेका थिए ।
त्रिभुवन विमानस्थलका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बरामद गरिएको सुनलाई नापतौल तथा मूल्यांकनका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको थियो ।
आइतबार भन्सार कार्यालयले मूल्यांकन गरी दिएको परिमाण अनुसार इमरानले ९९२ ग्राम सुन (३ थान) र आरिफले १ किलो ६७८ ग्राम (५ थान) गरी कुल २ किलो ६७० ग्राम सुन ल्याएको खुलेको छ । आइतबारको नेपाली बजारको मूल्य अनुसार सुन १ करोड ३० लाख २३० रुपैयाँको हुन आउँछ ।
नागरिकबाट































प्रतिक्रिया