फोटोनको दशैं योजनाः ईभी भ्यान बुक गर्दा यामाहा मोटरसाइकलदेखि टीभी र फ्रिजसम्म उपहार

फोटोनको दशैं योजनाः ईभी भ्यान बुक गर्दा यामाहा मोटरसाइकलदेखि टीभी र फ्रिजसम्म उपहार

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । फोटोन नेपालले दशैंमा आफ्ना ग्राहकहरूलाई उत्साहित बनाउन फोटोन ईभी भ्यान र फोटोन टीएम१ मोडलहरूमा ‘लिमिटेड टाइम स्पेसल अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले यस योजनामार्फत दशैंको बेला गाडी खरिद गर्न थप सहज, लाभदायक र रमाइलो बनाउने विश्वास लिएको छ। फोटोन ईभी भ्यान बुक गर्ने ग्राहकहरूले बम्पर उपहारहरू जित्ने अवसर पाउनेछन्। यी उपहारहरूमा यामाहा बाइक, ५५ इन्चको स्मार्ट टीभी, वाशिङ मेसिन र फ्रिज समावेश छन्। यसका साथै, हरेक बुकिङमा सामसुङ मोबाइल ग्याजेट श्योरशट उपहार स्वरूप प्रदान गरिनेछ।

उपहारसँगै यस अफरमा ग्राहकले निम्न थप सुविधा पनि प्राप्त गर्नेछन्:

-१ वर्षको फुल इन्स्योरेन्स (अटो प्लस) र क्यासलेस इन्स्योरेन्स।

-५ पटकसम्म निःशुल्क सर्भिसिङ।

-फ्रन्ट ब्रेक प्याडको सेट निःशुल्क।

-पूरा आर्थिक वर्षको रोड ट्याक्स कम्पनीले नै व्यहोर्ने।

फोटोन टीएम१ मा नगद छुट र अन्य लाभ

त्यसैगरी, फोटोन टीएम१ खरिदमा ग्राहकहरूले ठूलो नगद छुट प्राप्त गर्नेछन्। यस मोडलमा ६ लाख ७५ हजार रुपैयाँको सिधा नगद छुट उपलब्ध गराइएको छ ।कम्पनीका अनुसार, यी अफरहरू मार्फत फोटोन नेपालले गाडी मात्र नभएर ग्राहकहरूलाई ‘भ्याल्यु, केयर र इको–फ्रेन्डली मोबिलिटी’ पनि प्रदान गर्ने लक्ष्य राखेको छ ।

Logo