मन्त्री पुनको अर्को अल्टिमेटम- ‘दशैंअघि शिक्षकले तलब नपाए पालिकाहरूमाथि कारबाही’

मन्त्री पुनको अर्को अल्टिमेटम- ‘दशैंअघि शिक्षकले तलब नपाए पालिकाहरूमाथि कारबाही’

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारको मुखमा शिक्षक तथा प्रधानाध्यापकहरूलाई तलब नदिए स्थानीय तह (पालिकाहरू) लाई कारबाही गर्ने कडा चेतावनी दिएका छन्।

मन्त्रालयबाट पैसा पठाइसक्दा पनि कतिपय पालिकाहरूले शिक्षकहरूको तलब निकासा नगरेको गुनासो आएपछि मन्त्री पुनले यस विषयमा तत्काल कदम चाल्न निर्देशन दिएका हुन्।

“दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ,” उनले भनेका छन्।

मन्त्री पुनले ‘भोलीसम्ममा’ कुनै पनि नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएका शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता पालिकाहरूलाई नियमानुसार कारबाही गरिने अल्टिमेटम दिएका छन्। ‘कुनै नाजायज र अन्यायपुर्ण तरिकाले तलव नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारवाही गरिनेछ ।’ उनले भनेका छन् ।

शिक्षकहरू चाडपर्वका बेला तलबबाट वञ्चित भएको गुनासो बढेपछि मन्त्री पुनले सार्वजनिक रूपमै पालिकाहरूलाई तत्काल तलब भुक्तानी गर्न निर्देशन दिएका हुन्।

यसअघि आजै उनले विद्यालयका प्रधानाध्यापक (प्रअ)हरूलाई कारबाही गरिने चेतावनी दिएका थिए ।

Skip This
Skip This
Logo