ओलीले जेनजी आन्दाेलनको अपमान गरे -राप्रपा प्रवक्ता श्रेष्ठ

ओलीले जेनजी आन्दाेलनको अपमान गरे -राप्रपा प्रवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले ७५ शहीदले बलिदान दिएकाे जेनजी आन्दाेलनकाे नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अपमान गरेकाे बताएका छन् ।

प्रवक्ता श्रेष्ठले भनेका छन्, “कुशासनको जगमा निर्लज्जतापूर्वक विद्रोहको आधार तयार पार्ने र नरसंहार मच्चाउने मूल पात्रले आन्दोलनलाई ‘हाँ हुँ’ भन्नु ७५ शहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौं नागरिकको अपमान हो।”

उनले दोषीहरूलाई कानुनी दायरामा ल्याउन जति ढिला हुन्छ, त्यति नै उनीहरूको मनोबल बढ्ने बताउँदै तत्काल कारबाही गर्न माग गरे।

प्रवक्ता श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकार लाई विशेष आग्रह गर्दै दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन आग्रह गरेका छन्।

Logo