मुग्लिन-नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन-नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

त्यस्तै मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ। त्यहाँ शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ

पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।

Logo