पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र छोरी मरियम पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ र छोरी मरियम पक्राउ

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।

बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् ।

उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्‍याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा लैजान लागिएको भए पनि सरिफ नमानेपछि विमानमार्फत् रावलपिन्डिको अडियाला जेलमा पुर्‍याइएको हो । सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए ।

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । (एजेन्सी)

Skip This
Skip This
Logo