काठमाडौँ

१५ दिन देखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग बारे छलफल गर्न सरकार तयार देखिएको छ । "/>

डा केसीसँग वार्ताको वातावरण बनाउँदै सरकार

डा केसीसँग वार्ताको वातावरण बनाउँदै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१५ दिन देखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग बारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो ।

केसीको माग सम्बोधन गर्ने सवालमा सरकारी पक्षबाट वार्ताको वातावरण बनाउन शुक्रबार दिनभरजसो प्रयास भएको केसीका सहयोगीहरूले बताए । सरकारी पक्षले गरेको प्रयासबारे डा. केसीलाई पनि जानकारी गराइएको छ । सरकार वार्ताका लागि अग्रसर देखिएको केसीपक्षीय डा. अभिषेक सिंहले बताए ।

सरकार र डा. केसी पक्ष वार्ताका विषयमा टुंगो लगाएर काठमाडौं आउने कि काठमाडौं आएपछि मात्रै टुंगो लगाउने भन्ने अलमलमा छन् । सरकार केसीलाई काठमाडौं ल्याएर स्वास्थ्य सहज बनाएपछि वार्ताको प्रक्रिया सुरु गर्ने सुरमा छ । तर केसी पक्ष भने वार्ताबारे निश्चित भइसकेपछि मात्रै काठमाडौं ल्याउने अडानमा छ । प्रधानमन्त्रीले केसीसँग वार्ताको वातावरण मिलाउन जिम्मा दिएका एक नेताले चरणबद्ध रुपमा प्रयास गरिरहेका छन् ।

यता सरकारले माग पूरा गर्ने वातावरण तयार गरे डा गोविन्द केसी जुम्लाबाट काठमाडौं आउन तयार देखिएका छन् । तर काठमाडौं ल्याइसकेपछि सरकारले झुलाउन सक्ने चिन्ता केसी पक्षलाई छ । सरकार अझै वार्ताका लागि गम्भीर नभएको बुझाइ डा केसीको छ । सरकारले वातावरण बनाए केसीलाई काठमाडौं ल्याउन आफूहरू तयार रहेको केसी पक्षरतले बताए ।
नयाँ पत्रिकाबाट

Logo